नवनिर्वाचित सांसद आसिका तामाङको निर्देशनप्रति धादिङका १३ स्थानीय सरकारद्वारा विरोध

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य आसिका तामाङले दिएको निर्देशनप्रति धादिङका १३ वटा स्थानीय सरकारले विरोध जनाएका छन्।

बिहीबार निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय सरकारको बैठकले नवनिर्वाचित सांसद तामाङको निर्देशनप्रति विरोध जनाएको हो। स्थानीय सरकारको संवैधानिक अधिकार कुण्ठित हुने प्रयास नगर्न सचेत गराएका छन्।

बैठकपछि उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नवनिर्वाचित माननीयज्यूहरूको नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू र जिल्ला प्रशासन कार्यालयका तर्फबाट मिति २०८२।११।१ गतेको मितिमा चलानी नम्बर २८५० बाट चैत ३ गते धादिङका पालिकाहरूमा प्रेषित पत्रलाई स्थानीय सरकारको संवैधानिक अधिकारहरू कुण्ठित गरि प्रशासनमार्फत अंकुश लगाउने प्रयासका रुपमा लिँदै स्थानीय सरकारको अधिकार क्षेत्रमा सुरु भएको सांकेतिक हस्तक्षेपहरूको कडा प्रतिवाद गर्ने निर्णय आजको बैठकले गरेको छ।’

प्रतिनिधि सभामा धादिङ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तामाङले सवारी साधानबाट कर उठाएकोमा विरोध गरेकी थिइन्। उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नुपर्ने छैन, मैले सम्बन्धित निकायमा निर्देशन दिइसकेको जानकारी गराउँछु। र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउँछु।’

त्यसलाई लिएर धादिङका स्थानीय सरकारले बैठक डाँकेका थिए। संयुक्त बैठकले संघ र प्रदेश सरकारद्वारा सञ्चालन हुने विकास निर्माणका कार्यमा सघाउने प्रतिबद्धता जनाएका छन्। तर, संवैधानिक अधिकार विपरीत हस्तक्षेप नगर्न सचेत गराएका हुन्।

asika dhading 0iKcT8v0H5 https://newskhari.com/storage/2026/03/dhading-1_7cMDy3MVJL.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित