कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका स्रोतले जनाएको छ। तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन। कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। बैठकअघि थापाले राजीनामा दिएका हुन्।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए। विशेष महाधिवेशनले थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। तर, त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिट अहिले पनि विचाराधीन अवस्थामा छ । विशेष महाधिवेशन लत्ततै कांग्रेस निर्वाचनमा होमिएको थियो। निर्वाचनमा थापा सर्लाही ४ मा रास्वपाका अमरेश सिंहसँग पराजित बनेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित