जम्मु-कश्मिरको श्रीनगरमा प्रहरी कार्यालयभित्रै विस्फोट

काठमाडौं । जम्मु-कश्मिरको श्रीनगरस्थित नौगाम प्रहरी कार्यालयभित्रै विस्फोट भएको छ। शुक्रबार अबेर राति भएको विस्फोटमा प्रहरी र स्थानीयको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरी र फरेन्सिक विज्ञ टोली हरियाणाको फरिदाबादबाट बरामद भएको विस्फोट पदार्थको नमूना परीक्षण गरिरहेका थिए। सोही क्रममा विस्फोट भएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ।

विस्फोटमा ९ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। टाइम्स अफ इन्डियाले भने विस्फोटमा ६ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

त्यस्तै २४ जना प्रहरी र ३ जना स्थानीय घाइते भएको पनि टाइम्स अफ इन्डियाले जनाएको छ। प्रहरी कार्यालय परिसरमा रहेका धेरै सवारी साधनमा क्षति पुगेको छ। विस्फोटपछि तत्कालै दमकलहरू घटनास्थलमा खटाइएका थिए। सुरक्षाका लागि प्रहरी स्टेशनतर्फ जाने सबै मार्ग बन्द गरिएको छ।

अघिल्लो हप्ता फरीदाबादको धौज र फतेहपुर टागा गाउँका दुई भाडाको कोठाबाट २ हजार ९०० किलो अमोनियम नाइट्रेटसहित बम बनाउन सकिने सामग्री बरामद गरिएको थियो। कोठा जम्मु–कश्मीरका पुलवामाका ३५ वर्षे चिकित्सक डा। मुजम्मिल शकीलले भाडामा लिएका थिए। उनी अलफलाह मेडिकल कलेजमा पढाउँथे।

डा. मुजम्मिल दुई हप्ता अघि पक्राउ परेका हुन्। उनको बयान र डिजिटल प्रमाणबाट प्रहरीले ‘ह्वाइट कलर टेरर मोड्युल’ भनेर नाम दिएको आतंकवादी नेटवर्क फेला परेको थियो।

जाँचकर्ताहरूका अनुसार उक्त मोड्युल मुजम्मिल शकिल गनाई, उमर नबी र मुजाफ्पर राथरले सञ्चालन गरेका थिए। नोभेम्बर १० मा दिल्लीमा भएको कार विस्फोटको घटनामा पनि यही समूहको हात रहेको भन्ने खुलिसकेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित