उत्तराखण्डको बाढी : ८० जनाको उद्धार, १० सैनिक जवानसहित अझै सय जना बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डमा मंगलबार दिउँसो आएको बाढीमा परेर चार जनाको मृत्यु हुनुका साथै सैनिक जवानसहित एक सय मानिस बेपत्ता भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ ।

उत्तराखण्डको खीरगंगा नदीमा वर्षापछि अचानक बाढी आउँदा धराली बजारका घर, होटल तथा मन्दिरहरूसँगै त्यहाँ रहेका मानिसहरु बगेका थिए ।

दिउँसो करिब साढे एक बजेतिर आएको उक्त बाढीमा परेर चार जनाको तत्काल मृत्यु भएको थियो । बाँकी ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको अनुमान गरिएको थियो । हालसम्म अद्यावधिक भएको रिपोर्टअनुसार बेपत्ता हुनेको संख्या एक सय रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बेपत्ता हुनेहरूमा १० जना सैनिक जवान पनि रहेका छन् । उनीहरू हर्सिलको तल्लो क्षेत्रमा रहेको सशस्त्र बलको क्याम्पमा बसेका बेला बाढी आएको थियो । त्यस्तै बेपत्ता हुनेमा स्थानीयहरूसँगै पर्यटक पनि हुन सक्ने अनुमान गरिएको छ ।

मंगलबार दिउँसोदेखि नै उद्धार कार्य जारी रहेको थियो । यद्यपि, भारी वर्षाका कारण हेलिकोप्टर र सैनिक जान कठिन भइरहेको थियो । साँझ परेका कारण उद्दारमा कठिन भएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कारसिंह धामीले बताएका छन् । कठिनाइका बाबजुद ८० जनाको उद्धार गरिएको धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित