तेहरानस्थित इभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि

एजेन्सी । तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ ।

तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् । “इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ ।

इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले बताए । जहाँगीरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरू साथै जेल नजिक बस्ने केही व्यक्ति पनि थिए ।

न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल भत्किएको, छाना भत्किएको, छरिएर रहेका भग्नावशेष र प्रतीक्षालयमा रहेका सतहहरु भत्किएको देख्न सकिन्छ ।

इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निशाना बनाइएको अदालतले बताएको छ । आक्रमणको एक दिनपछि मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो ।

इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित