काठमाडौं । मधेश प्रदेशबाट ६२ जना चिकित्सक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन् । पार्टी कार्यालय पेरिस डाँडामा भएको प्रवेश कार्यक्रममा अधिकांश मधेश प्रदेशका रहेको बताइएको छ ।


































