इजरायलको आक्रमणमा इरानी सेना प्रमुखको मृत्यु

काठमाडौं । इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ ।

शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् ।

सलामी मारिएको खबर इरानका राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् । उनी इजरायली आक्रमणमा मारिएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् ।

इजरायलले आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ । इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् ।

इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ आणविक वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ । यसमा आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरेदुन अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची छन् ।

सन् २०१० मा तेहरानको एउटा सडकमा फेरियदुन अब्बासीको ज्यान लिने प्रयास गरिएको थियो । तर, उनी त्यस समय बाँचेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित