आरसीबीले पहिलो पटक जित्यो आईपीएलको उपाधि

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएलको उपाधि जितेको हो । आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो।

पञ्जाबका जस इङ्लिसले ३९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांश आर्याले २४, प्रविसिमरन सिंहले २६ र नेहाल वाडेरा १५ रनको योगदान दिए ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० बनाएको थियो ।

आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ३ चौका प्रहार गरे । ओपनर फिल साल्टले १६, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए ।

बलिङमा पञ्जावका काइल जेमिसन र अर्शदीप सिंहले समान ३ विकेट लिए । युजवेन्द्र चाहल, अज्मतुल्लाह ओमारजाई र वैशाख विजय कुमारले एकएक विकेट लिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित