भारतले तीन सैन्य हवाई अड्डाहरूमा मिसाइल आक्रमण गरेको पाकिस्तानको दाबी

काठमाडौं । पाकिस्तानी सेनाले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। भारतले यस्तो दाबीमा अहिलेसम्म कुनै टिप्पणी गरिसकेको छैन ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले सरकारी टेलिभिजनमार्फत पाकिस्तानी सेनाले उचित जवाफ दिने बताए।

उनका अनुसार पाकिस्तानी सेनाको वायु रक्षा प्रणालीले भारतका अधिकांश क्षेप्यास्त्रहरू खसालेको छ। उनले भने, ‘देशको सेना पूर्ण रूपमा तयार छ।’ भारतले निशाना बनाएको दाबी गरेको सैन्य विमानस्थलमध्ये एक रावलपिंडीमा रहेको नूर खान भएको बताइएको छ ।

यसैबी बीबीसी हिन्दीको अर्को समाचारमा भारत विरुद्ध बदला लिने आक्रमण सुरु गरेको पाकिस्तानले बताएको उल्लेख छ ।

पाकिस्तानको सरकारी टिभी र सेनाको जनसम्पर्क विभागका अनुसार भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूलाई निशाना बनाएसँगै ‘अपरेशन बुनयान मरसूस’ नाम दिएर बदलाको कारबाही थालिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित