काठमाडौं । नेपाल प्रहरीमा ६ जना एआईजी (अतिरिक्त महानिरीक्षक) नियुक्त भएका छन् । बढुवा सिफारिस समितिको सिफारिस अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई डीआईजीबाट एआईजीमा नियुक्त गरेको हो ।
नियुक्त भएका एआईजीहरूलाई पदस्थापन समेत गरिएको छ । पदस्थापन अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मेवारी चन्द्रकुबेर खापुङले पाएका छन् । सीआईबी प्रमुख दीपक थापा आईजीपी बनेपछि यहाँ पद रिक्त थियो ।
यसैगरी, कार्यविभागमा लालमणी आचार्य, प्रशासन विभागमा कृष्णहरी शर्मा पोखरेल, मानवस्रोत विकास विभागमा दानबहादुर कार्की, अपराध अनुसन्धान विभागका राजन अधिकारी र प्रदेश समन्वय विभागमा डा. मनोज कुमार केसीको पदस्थान गरिएको छ ।

































