बारामा कार र टिपर ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । बाराको निजगढबाट १० किमि पश्चिममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५च५०७६ नम्बरको कार दिउँसो सवा ३ बजे ठोक्किएका हुन्।

दुर्घटनामा कारमा सवार दुई जना घाइते भएकामा प्रसूति अस्पताल निजगढ बारामा उपचारको क्रममा मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।

उनका अनुसार कार चालक सर्लाहीका जितनारायण साह र सर्लाहीकै कारको बायाँ साइडमा बसेका नारायणहरी शर्मालाई अस्पतालले मृत घोषणा गरेको थियो। टिप्पर चालकको खोजी भइरहेको उनले बताए। हाल टिप्पर र कार घटनास्थलमै छन् भने बाटोमा अवरोध पुगेको छैन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित