राजावादीको प्रर्दशन नियन्त्रण गर्न प्रहरीले चलायो ७६ राउन्ड गोली

काठमाडौं । चैत १५ गते राजावादीले तीनकुनेमा गरेको अराजक प्रदर्शन नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरेर ७६ राउन्ड गोली चलाएको खुलेको छ ।

त्यही ७६ राउन्डमध्ये एक राउन्ड गोली लागेर कीर्तिपुरका सविन मर्हजनको ज्यान गएको हो । प्रहरीले अधिकांश हवाई फायर गरेको दाबी छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले प्रहरीको तर्फबाट ५८ राउन्ड गोली चलेको बताए । त्यस्तै, सशस्त्र प्रहरी बलका डीआईजी कुमार न्यौपानेले सशस्त्रले १८ राउन्ड गोली चलाएको जानकारी दिए । केही गोली भने घुँडामुनी लाग्ने गरी प्रहार गरिएको हो । घातक गोलीबाहेक १९२ ब्ल्यांक राउन्ड पनि चलाएको छ । यसरी नै ७४६ अश्रुग्याँस प्रहार भएको छ ।

दुर्गा प्रसाईंको कमान्डमा भएको प्रदर्शनमा सुुरक्षा निकायतर्फ ७७ र प्रदर्शनकारीतर्फ ५२ जना घाइते भएका थिए । पत्रकार सुरेश रजकको भने घरमा लागेको आगोमा परी ज्यान गएको हो । उनको हालसम्म पोस्टमार्टम हुन सकेको छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित