अमेरिकामा विमान दुर्घटना, ७ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा विमान दुर्घटना भएको छ। स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो।

समाचार संस्था रोयटर्सका अनुसार दुर्घटनामा मेडिकल विमानमा सवार ६ जनासहित कारमा सवार व्यक्तिको मृत्यु भएको छ।

फिलाडेल्फियामा मेडिकल विमान दुर्घटनाको लपेटमा परेको कारमा सवार व्यक्ति, उनकी आमा र छोरीसहित सबैको मृत्यु भएको बीबीसीले जनाएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्।

फिलाडेल्फियाका मेयर चेरेल पार्कले भने, ‘जमिनमा कयौँ मानिस घाइते भएका छन् भने दुर्घटनापछि त्यस क्षेत्रका कयौँ घरमा आगो लागेको छ।’

चिकित्सा परिवहन विमान अमेरिकामा स्वास्थ्य लाभ लिइरहेकी एक किशोरीलाई तिजुआना मेक्सिको लगिरहेको समयमा दुर्घटनामा परेको हो।

विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना थिए।

विमान तीव्र गतिमा खसेर घना बस्ती भएको सहरमा बजारिएको थियो। तत्कालै जहाजमा आगो लागेर विस्फोट भएको थियो।

उडान भरेको एक मिनेटमै उक्त विमान जमिनमा खसेको थियो। भिडियोमा उक्त विमान तीव्र गतिले भुइँमा तल झरेको र आगो लागेको देखिन्छ। थुप्रै घरहरूमा ठोक्किँदै जहाज भुइँमा खसेको थियो।

गत बुधबार मात्रै अमेरिकाको वासिङ्टन डिसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित