अब सगरमाथामा आरोहण गर्न १५ हजार अमेरिकी डलर लाग्ने

काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न अनुमति शुल्क बढाउने तयारी गरेको छ । यो तयारीअनुसार शुल्क अब सगरमाथामा आरोहण गर्न १५ हजार अमेरिकी डलरसम्म लाग्ने छ । सरकारले यो हाराहारीमा शुल्क बढाउने निर्णयसमेत गरिसकेको छ ।

यसअघि सरकारले सगरमाथा आरोहण अनुमति शुल्क ११ हजार अमेरिकी डलर शुल्क तोकेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ लाई संशोधन गर्दै सगरमाथा आरोहण शुल्क बढाइएको हो ।

मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेका अनुसार मन्त्रिपरिषद्बाट पास भएको उक्त संशोधित नियमावली रायका लागि कानुन मन्त्रालय पठाइएको छ। यो चाँडै नै राजपत्रमा प्रकाशितपछि लागू हुने उनले जानकारी दिए।

राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएपछि यो शुल्क आगामी सेप्टेम्बर १ तारिख अर्थात् २०८२ सालको भदौ १६ गतेबाट लागू हुने मन्त्रालयले जनाएको छ।

बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्त ऋतुमा सगरमाथाको नर्मल रुट दक्षिणपूर्वबाट आरोहण गरे १५ हजार डलर लाग्नेछ। त्यस्तै शरद ऋतुमा आरोहण गरे ७ हजार ५ सय डलर र शिशिर तथा वर्षा ऋतुमा ३ हजार ७ सय ५० डलर निर्धारण गरिएको छ। यसअघि शरद ऋतुमा ५५ सय डलर र शिशिर तथा वर्षा ऋतुमा २५ सय डलर लिने गरिन्थ्यो।

सगरमाथाको दक्षिणपूर्वी रुटबाहेकको अन्य रुटमा आरोहण गर्ने हो भने वसन्त ऋतुको १० हजार डलर, शरद ऋतुको ५ हजार डलर र शिशिर र वर्षा ऋतुको २५ सय डलर अनुमति शुल्क यथावत् नै राखिएको छ।

मन्त्रालयले सगरमाथासँगै अन्य हिमाल आरोहण अनुमति शुल्कमा पनि परिवर्तन गरेको छ । विदेशीसँगै नेपाली पर्वतारोहीले तिर्ने अनुमति शुल्कमा पनि भारी वृद्धि गरिएको छ। सगरमाथाको नियमित रुटमा वसन्त ऋतु अनुमति शुल्क ७५ हजार रुपैयाँबाट १ लाख ५० हजार रुपैयाँ पु¥याइएको छ।

झन्डै एक दशकपछि सरकारले सगरमाथा आरोहण शुल्क बढाएको हो। सरकारले करिब ३६ प्रतिशतले अनुमति शुल्कमा वृद्धि गरेको छ। समसामयिक मागअनुसार सरकारले नियमावली संशोधन गरेर अनुमति शुल्क बढाएको मन्त्रालय प्रवक्ता लामिछानेले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित