भारतमा रेल दुर्घटना : १२ जनाको मृत्यु, नेपाली पनि परेको आशंका

काठमाडाैं । भारत महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भयानक रेल दुर्घटना भएको छ। दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनामा नेपाली पनि परेको हुन सक्ने आशंका गरिएको छ । भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा धेरै नेपाली समेत सवार रहेको बताएका छन् । यद्यपि, यसबारे आधिकारिक जानकारी आइसकेको छैन ।

परधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले रेलबाट हाम्फालेका थिए । यस क्रममा अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसको रेलले धेरैलाई किच्न पुग्यो।

दुर्घटनापछि त्यहाँ रुवाबासी र कोलाहल मच्चिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भएको स्थानमा ठूलो घुम्ती थियो । सेन्ट्रल रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइए अनुसार घुम्तीका कारण यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। र, उनीहरूले भटाभट हाम्फाले ।

यो घटनास्थल मुम्बईबाट करिब ४०० किलोमिटर टाढा रहेको छ।

पुष्पक एक्सप्रेस (रेल नम्बर १२५३३) लखनउबाट मुम्बई जाँदै थियो । कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस (रेल नम्बर १२६२९) यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको थियो। पुष्पक एक्सप्रेसमा ब्रेक लगाउँदा पांग्राबाट धुवा निस्किएको थियो । जसका कारण आगलागीको हल्ला फैलियो र आतंकित यात्रीहरू रेलबाट हाम फाल्न थाले।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित