काठमाडौँ । स्ववियु निर्वाचन अवरुद्ध भएका क्याम्पसमा पुनः निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयले चैत १२ गतेसम्मको समय दिएको छ । विभिन्न कारणले चुनाव अवरुद्ध भएका देशभरका क्याम्पसमा आगामी चैत १२ गतेभित्र निर्वाचन सम्पन्न गरिसक्न त्रिविले निर्देशन दिएको ।
चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यसअघि नै स्ववियु चुनाव गर्न त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले सम्बन्धित पक्षलाई जानकारी गराएका छन् । आज विज्ञप्ति जारी गर्दै उनले आपसी समझदारी कायम गरेर निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।




































