रौतहट । रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्यानलनै विजयी भएको छ ।
आफु विरुद्धको नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) , नेकपा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) एवम् नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनमत पार्टीको विद्यार्थी जनमत संघको गठबन्धनबाट बनेको प्रगतिशिल संयुक्त विद्यार्थी संगठनलाई भारी मतान्तरले पराजित गर्दै प्रत्यक्षतर्फ नेविसंघको प्यानलनै विजयी भएको हो ।




































