बुर्तिवाङ । नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा सञ्चालन गरिएको शिविरमा ६८ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने ६ सय ६८ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जिवन बिताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने सँग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
जस अन्तर्गत नेपाल नेत्रज्योति संघ बाग्लुङ, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङकाे ढोरपाटन नगरपालिकामा शिबिर सञ्चालन गरिएको थियो ।






















