२४ घण्टा वितिसक्दा पनि बडिगाडमा शुरु भएन मतगणना, अधिकृत भन्छिन् –‘भोलि बिहान बोलाउँछु’

बागलुङ । बडिगाड गाउँपालिकामा मतगणना रोकिएको छ । बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको हो । गाउँपालिकाकी निर्वाचन अधिकृत सीतादेवी सुवेदीले सर्वदलीय बैठक बस्न नसकेका कारणले आज मतगणना सुचारु गर्न नसकिएको जानकारी दिइन् ।

‘बिहान १० बजे सर्वदलीय बैठक डाकिएकोमा एमाले पक्षबाट उपस्थित नभएपछि आज मतगणना रोक्न परेको छ,’ उनले भनिन् ‘भोलि बिहान ६ बजे सर्वदलीय बैठक राखेर मतगणना गछौं ।’ उनका अनुसार त्यहाँ भएको गतिविधिबारे सुरक्षा र कर्मचारीबाट प्रतिवेदन आइसकेकाले भोलि मात्रै निर्णय गर्ने जानकारी दिइन् ।

‘सुरक्षाकर्मी र कर्मचारीबाट त्यहाँ भएको क्रियाकलापको प्रतिवेदन प्राप्त भएको छ’, उनले भनिन् –‘भोलि बिहान ६ बजे आवश्यक निर्णय हुन्छ, भोलि बिहान तपाईंहरूलाई बोलाउँछु ।’

IMG 0005 https://newskhari.com/storage/2022/05/IMG_0012-scaled.jpg
निर्वाचन अधिकृत सुवेदी

यस्तै नेकपा एमाले बडिगाड गाउँपालिकाका अध्यक्ष कमलराज अचार्यले गुफा आधाभूत विद्यालय मतदान केन्द्रमा ज्याजती भएकाले छलफलपछि मात्रै मतगणनामा सहभागी हुने बताए ।

‘हिजो दिउँसो ३ बजे गठबन्धनबाट ज्याजती भएपछि हाम्रा साथीहरू हिड्नुभएको रहेछ,’ आचार्यले भने ‘ त्यहाँको घटनाको विषयमा छलफलका लागि १ बजे निर्वाचन अधिकृतको कार्यालयमा गयौं आवश्यक छलफल हुन सकेन भोलि बिहान ६ बजेको बैठकमा जान्छौं ।’

निर्वाचन अधिकृतको कार्यालयले साँझ ६ बजे सर्वदलीय बैठक डाकेपनि नेकपा एमालेका प्रतिनिधिहरु उपस्थित हुन नसक्दा भोलि बिहानलाई बैठक सारिएको अधिकृत सुवेदीले जानकारी दिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित