काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगायतका संघहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले नेपाली किसानको बजार सुनिश्चित गर, किसान मार्न पाइँदैन, प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार, राजीनामा देउ कम्र्फटेवर सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
































