काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपतिको कार्यकाल पूरा गर्दै निजी निवासमा सरेका छन्।
उनी बिहीबार दिउँसो उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन्।
उनको निजी निवास चन्द्रागिरी नगरपालिका–१ दहचोकमा छ। नेपालको संविधान बमोजिम शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। नयाँ उपराष्ट्रपति आउनुअघि नै पुनले निवास खाली गरेका हुन्।
उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि बिहीबार नै पुन निजी निवासमा सरेका बताइएको छ।






















