काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मन्त्रालय, संवैधानिक आयोग र निकायसँग कर्मचारीको विवरण माग गरेको छ । मंगलबार मन्त्रालयले परिपत्र जारी गर्दै सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायलाई ३ दिनभित्र कर्मचारीको विवरण बुझाउन निर्देशन दिएको हो ।
मन्त्रालयले पद, श्रेणी, सेवारसमूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो। उपसचिव कमानसिं थापामगरले जारी गरेको परिपत्रमा भनिएको छ, ‘त्यहाँ मन्त्रालय संवैधानिक आयोगको स्वीकृत संगठन संरचना बमोजिम कर्मचारीहरुको पदपूर्ति सम्बन्धी विवरण देहायअनुसारको ढाँचामा कर्मचारी प्रशासन महाशाखा प्रमुखबाट विवरण प्रमाणित र पत्रमा हस्ताक्षर गरी सफ्ट कपिसहित यस मन्त्रालयको कर्मचारी प्रशासन शाखामा प्राप्त हुने गरी ३ दिनभित्र २०७९ / ११ / ३० को (सचिवस्तरीय) निर्णयानुसार अनुरोध छ।’