वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै विद्यार्थी नेताहरू अनसनमा बसेका छन् । नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारीको नेतृत्वमा विद्यार्थी नेताहरू क्याम्पस परिसरमा मंगलबार अपरान्ह ३ बजेदेखि धर्ना दिँदै अनसनमा बसेका हुन् ।
अनसनमा नेविसंघ,अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका छन् ।
स्ववियु निर्वाचन निष्पक्ष र यथावत मितिमै हुनुपर्ने माग राखेर अनसनमा बसेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य शिवम साहले बताए ।
क्याम्पस प्रशासन र निर्वाचन समितिले अमुक व्यक्तिलाई जिताउने षडयन्त्र गरेको तर, आफूहरूले त्यसको प्रतिवाद गर्दा चुनाव नै भाड्ने षड्यन्त्र गरेको अनसनमा बसेका नेविसंघका नेता मुनराज तिवारीले बताए । उनले चुनाव निर्वाचन समितिले तोकेको चैत ८ मै हुनुपर्ने माग आफूहरूको रहेको बताए ।





















