५ दिनदेखि लगाइएको धौलागिरि क्याम्पसको ताला नेविसंघले फोड्यो : स्थिति तनावग्रस्त

रामप्रसाद घिमिरे, बागलुङ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयमा धवलागिरि बहुमुखी क्याम्पसमा भएको विवाद चरम उत्कर्षमा पुगेको छ ।

फागुन २५ गतेदेखि वामपन्थी विद्यार्थी संगठनले निर्वाचन अधिकृतको कार्यालयमा लगाएको ताला नेपाली कांग्रेस निकट नेविसंघले फोडेपछि क्याम्पसको स्थिति तनावग्रस्त बनेको हो ।

क्याम्पस प्रशासनको लापरबाहीका कारण विद्यार्थी परिचयपत्र दुरुपयोग भएको, जारी गरिएका परिचयपत्रमा विवरण गलत भएको भन्दै फागुन २५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको ताला आज बिहान नेपाल विद्यार्थी संघले फुटाएको थियो ।

आफ्ना जायज माग पुरा गर्न दबाब दिनेगरी लगाइएको ताला सहमतिको कदमै नचाली नेविसंघले आफूखुशी फुटाएपछि अनेरास्ववियूलगायत वामपन्थी विद्यार्थी संगठन नाराबाजीमा उत्रिएका छन् ।

उता नेविसंघले भने यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै ताला फुटाएको नेविसंघका एक विद्यार्थी नेताले बताए । क्याम्पस परिसरमा दुवै पक्षका विद्यार्थी संगठनहरु छुट्टाछुट्टै नाराबाजीमा उत्रिएका छन ।

त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित निर्वाचन कार्यतालिका अनुसार चेत ५ गते मतदानको समय हो । तर यो क्याम्पसमा भने फागुन १९ गते संगठन दर्ता बाहेक कुनैपनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

बामपंथी विद्यार्थी संगठनले सबै मतदाताको एकैप्रकारको परिचयपत्र बनाउनुपर्ने, फर्जी विद्यार्थीको परिचय पत्र खारेज गर्नुपर्ने, फर्जी भर्नालाई मतदाता सूचीबाट हटाउनु पर्ने लगायतका माग राखेर ५ दिन अगाडि निर्वाचन कार्यालयमा ताला लगाएको थियो ।

नेपाल विद्यार्थी संघका सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्याय, निर्वाचन अधिकृत भक्तिराम न्यौपान, सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मी सहित ८ जना प्राध्यापक २ घण्टा थुनेको थियो । सोमबार साँझ ६ बजे लगाइएको ताला राति ८ बजे खुलेको थियो ।

विद्यार्थी विद्यार्थी बिचमा छुट्टाछुट्टै माग र नाराबाजी हुँदा स्ववियू निर्वाचन नै अनिश्चित बनेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित