जसपाकी प्रमिला कुमारीले लिइन् उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

काठमाडौँ । चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएकी जनता समाजवादी पार्टी (जसपा) की प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिएकी छिन्।

जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि प्रमिलाले उम्मेदवारी दिएकी थिइन्। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम गरेसँगै प्रमिलाले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।

जसपाबाट रामसहायप्रसाद र प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम राखेर अन्तिम नामावली सार्वजनिक गरेको भोलिपल्ट उनले आफ्नो उम्मदवारी निष्क्रिय पारेकी हुन्।

उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्न सबै पार्टीलाई आग्रह गरेकी छिन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित