पीएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग २ अन्तर्गत पुपुवा न्युगिनी पीएनजी विरुद्धको खेलमा नेपाल विकेटले विजयी भएको छ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेटको क्षतिमा पुरा गर्‍यो। नेपालका लागि ओपनर आशिफ शेखले ५३ रन बनाए।

अर्का ओपनर कुशल भुर्तेलले ३३ रन बनाउँदा कुशल मल्ल १२ रनमा अविजीत रहे। नेपालविरुद्ध पीएनजीका चाद सोपरले १ विकेट लिए।
टस जितेर फिल्डिङ रोजेको नेपालले घातक बलिङ गर्दा पीएनजी सस्तैमा समेटियो। ३२ ओभरमा १० विकेट गुमाउँदै पीएनजीले जम्मा ९५ रन बनाउन सक्यो।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै, ललित राजवंशी र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए।

पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए। यस्तै, सेस बाउले १८, कार्लेस अमिनीले १६, हिरी हिरीले १४, चाद सापेरले ८, हिला भारेले ७, रेल्ली हेकुरेले ४, किप्लिन डोरिगाले २ रन बनाए।

पीएनजीविरुद्धको जितसँगै नेपाल विश्वक छनोटबाट १ खेल मात्रै टाढा छ। लिग २ को शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अब यूएईसँग हुने खेलमा जित निकाल्नुपर्नेछ। नेपालले विश्वकप लिग २ को अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित