पाटन संयुक्त क्याम्पसमा तोडफोड,राजीनामा र निर्वाचन अनिश्चित

ललितपुर । ललितपुरको पाटन ढोकामा रहेको पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । निर्वाचन समितिका सम्पूर्ण पदाधिकारीहरुले राजीनामा दिएपछि निर्वाचन अनिश्चित बनेको हो ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्तरिक विवादका कारण क्याम्पसको माहौल तनावपूर्ण बनेको एक विद्यार्थी नेताले बताए । नेविसंघको संस्थापन र इतर पक्षबीच विवाद चुलिँदा समितिमा तोडफोडसमेत भएको उनको भनाइ छ ।

‘नेविसंघको आफ्नै विवादले गर्दा हिजो त्यो घटना घटेको हो । उनीहरुबीच सहमति हुन नसक्दा निर्वाचन समितिमा तोडफोड पनि भएको छ’, ती विद्यार्थी नेताले भने,‘उनीहरुले उधुम मच्चाएपछि क्याम्पस प्रशासनले प्रहरी बोलायो ।
समितिका सबै पदाधिकारीले राजीनामा समेत दिइसकेका छन् । हाल क्याम्पसमा यस विषयमा छलफल भइरहेको छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित