नेपालद्वारा यूएईलाई २४९ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २४८ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

त्यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुलशन झाले ३७ रनको योगदान गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा भिम सार्कीले २९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यूएईका लागि जाहोर फ्रिद, आयान खान र रोहन मुस्तफाले दुई–दुई विकेट लिए । त्यस्तै आर्यन लाकर, जुनेद सिद्धकी र जाहोर खानले एक–एक विकेट लिए ।

आजको खेलमा नेपाल जित निकाल्दै एक दिवसीय मान्यता जोगाउनसँगै सोझै विश्वकप छनोटमा स्थान बनाउने अवसरलाई सदुपयोग गर्न चाहन्छ । लिग–२ मा ३३ खेल खेलेको नेपाल ३४ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । यूएई ३३ खेलबाट ३१ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित