बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
राष्ट्रिय जनमोर्चाको तर्फवाट अध्यक्षमा उमेदवारी दिएका अनिल गिरि, स्वतन्त्र रुपमा उपाध्यक्षमा उमेदवारी दिएका कांग्रेस नेता यामेन्द्र कुमार घर्ति, स्वतन्त्र रुपमा वडा नं. ३ को अध्यक्षमा उमेदवारी दिएका लोक बहादुर घर्ति, स्वतन्त्र रुपमै वडा नं.५ को अध्यक्षमा उमेदवारी दिएका ध्रुव बहादुर घिमिरे, वडा नं. ५ कै सदस्य पदका उमेदवारी दिएका धर्मराज घिमिरे, वडा नं. ९ बाट वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका मुक्त बहादुर श्रीस र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट वडा नं. १० को अध्यक्षमा उमेदवारी दिएका धन बहादुर बुढाले उमेदवारी फिर्ता लिएका हुन् ।
सत्तारुढ गठबन्धन सहित राजनैतिक दलहरुले बागि दर्ता गरेका उमेदवारहरुलाई उमेदवारी फिर्ता लिन आग्रह गरेसंगै उमेदवारी फिर्ता लिएको उमेदवारहरुले बताएका छन् ।










































