तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

काठमाडौं । कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा मंगलबार बिहानबाट हटाइएको छ। जनजीवन सामान्य बनेपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए। ‘विवाद साम्य भएको छ, शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ,’ घिमिरेले भने, ‘आज बिहान ९ बजेदेखि निषेधाज्ञा हटाएका छौँ।’

चैत ७ गते चर्को आवाजमा भवन गरेको विषयलाई लिएर स्थानीय बासिन्दाबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुई समुदायबीच झडपका भएको थियो।

तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले चैत ७ गतेदेखि दिउँसोदेखि नै निषेधाज्ञा जारी गरेको थियो। स्थायी नियन्त्रणमा लिन तीन दिनसम्म निषेधाज्ञा यथावत राखिएको थियो। आज बिहान निषेधाज्ञा हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। महाराजगन्ज नगरपालिका–२, वरदवा क्षेत्रका बजार व्यवसाय खुल्न थालेका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित