सुनचाँदीको मूल्यमा लगातार पहिरो, आज कति घट्यो ?

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्यमा पहिरो गएको छ। सुनको मूल्य आज तोलामा ६ हजार पाँचसय रुपैयाँ घटेर दुई लाख ७५ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा १२ हजार पाँसय रुपैयाँ घटेर दुई लाख ८२ हजार रुपैयाँमा झरेको थियो।

गएको शुक्रबार सुनको मूल्य सात हजार आठसय रुपैयाँ घटेको थियो भने भने बिहीबार तोलामा पाँच हजार चारसय र बुधबार दुई हजार दुईसय रुपैयाँ घटेको थियो।

गएका पाँच दिनमा सुनको भाउ तोलामा ३४ हना। चारसय रुपैयाँ घटिसकेको छ।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसयता सुनको भाउ ६३ हजार आठसय रुपैयाँ घटिसकेको छ । चाँदीको मूल्य आज तोलामा ११५ रुपैयाँ घटेको छ। मूल्य घटेर आज चाँदीको भाउ चार हजार ४२५ रुपैयाँ कायम भएको छ।

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित