इरानले इजयरायलमा गर्‍यो भीषण आक्रमण

काठमाडौं । इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलले दक्षिणी सहर अरादमा इरानले हानेको क्षेप्यास्त्रले ठुलो मात्रामा क्षति भएको बताएको छ । इजरायलको आपत्‌कालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी घाइते ८८ जनालाई अस्पताल भर्ना गरिएको छ।

जसमध्ये १० जनाको अवस्था गम्भीर छ भने १९ जना मध्यम घाइते छन् अनि ५५ जना सामान्य घाइते भएका छन्। आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अरादका मेयरसँग कुरा गरेका छन्। नेतन्याहुले शनिबार साँझ भएको आक्रमणलाई ‘धेरै कठिन साँझ’ भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो भविष्यका लागि यो चलिरहेको अभियानमा यो साँझ धेरै कठिन छ। मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयहरूसँग मिलेर सबै आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएको छु।’

नेतन्याहुले थप लेखेका छन्, ‘म हाल घटनास्थलमा काम गरिरहेका आपत्‌कालीन र उद्धार टोलीहरूको प्रशंसा गर्छु र म सबैलाई होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गर्दछु।’ नेतन्याहुले शत्रुविरुद्ध आक्रमण जारी रहने पनि उल्लेख गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित