सुनको मूल्यले आज पनि राख्यो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज पनि उच्चदरमा बढेको छ।

प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ आज तोलाकै तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो भाउ अहिलेसम्मकै सबैभन्दा महँगो हो। एक सातामै सुनको भाउ तोलामा ३७ हजार रुपैयाँ बढेको छ।

सुनको भाउ मंगलबार तोलामा तीनसय रुपैयाँ बढेर तीन लाख नौ हजार तीनसय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा पाँचहजार दुईसय बढेको सुनको भाउ आइतबार तोलामा दुई हजार चारसय र गएको शुक्रबार तोलामा नौहजार दुई सय रुपैयाँ बढेको थियो । गत साताको बुधबार एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा २९ सय घटेको थियो।

आज चाँदीको भाउ अहिलेसम्मकै उच्च मूल्यमा स्थिर छ। चाँदी आज पनि तोलाको ६ हजार ८७० रुपैयाँमै स्थिर रहेको हो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित