अमेरिकाले फेरि गर्‍यो ८० जना नेपालीलाई ‘डिपोर्ट’

काठमाडौं । अमेरिकाले एकैदिन डिपोर्ट (निष्कासन) गरेका ९१ मध्ये ८० जना नेपाल आइपुगेका छन् । अमेरिकाले डिपोर्ट गरेका उनीहरूलाई चार्टर विमानमार्फत मंगलबार काठमाडौं ल्याइएको हो । नेपाल आइपुगेकाहरूमध्ये ७९ पुरुष र एक महिला छन् ।

नेपाल आइपुगेकाहरू सबैजनालाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानवबेचविखन अनुसन्धान ब्युरो पठाएको थियो । यसरी नेपाल ल्याइएकाहरूमध्ये एकजना विद्यार्थी भिसामा अमेरिका पुगेका युवा रहेको पाइएको छ ।

उनलाई ‘ओभर स्टे’ कसुरमा अमेरिकाको अध्यागमनले नियन्त्रणमा लिएर नेपाल फर्काएको खुलेको ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । ७९ जना भने अवैध बाटो हुँदै विभिन्न मितिमा अमेरिका पुगेको पाइएको छ ।

अमेरिकाले डिपार्ट गरेका थप ११ जना विभिन्न विमानमा नेपाल आउनेछन् । अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकलाई डिपोर्ट गर्दै आएको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता हालसम्म ५८३ नेपाली डिपोर्ट भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित