काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झापा क्षेत्र नम्बर १ बाट इञ्जिनियर अशेष घिमिरेलाई उम्मेद्वार बनाउने भएको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले शनिबार उनलाई झापा १ को टिकट प्रदान गरेका छन्।
नेकपा केन्द्रीय कमिटी सदस्य रहेका झापा धुलाबारीका ४२ वर्षीय घिमिरे नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य थिए। एकतापछि उनी केन्द्रीय सदस्य बनेका हुन्।
पछिल्लो पुस्ताका मार्क्सवादी अध्येताका रुपमा पहिचान बनाएका घिमिरे इञ्जिनियरिङ पृष्ठभूमिका हुन्।



































