निर्वाचन आयोगमाथि मुद्दा हाल्न पूर्णबहादुर खड्कालाई अख्तियारी

काठमाडौं । नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध मुद्दा दायर गर्न देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अख्तियारी पाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले आयोगको निर्णयविरू मुद्दा मामिला गर्न खड्कालाई अख्तियारी दिएको हो।

‘२०८२ माघ २ गते निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानुन र नेपाली कांग्रेसको विधानको व्यवस्थाविरूद्ध गरेको निर्णयका विरूद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानुनी काम कार्यवाही गर्नका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गर्दछ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्णय सार्वजनिक गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरूद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो। त्यस्तै बैठकले गगन थापा पक्षले बोलाएको विशेष महाधिवेशनलाई ‘भेला’ ठहर गरेको पौडेलले जनाएका छन्।

‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थिति, संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पौडेलले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवित निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय प्रस्ट देखिएको उल्लेख गरेका छन्।

‘यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंश हो,’ विज्ञप्तिमा भनिएको छ,‘निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरूद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित