दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक पक्राउ

काठमाडौं । दुई करोड रुपैयाँभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोट (भेप) बोकेको कन्टेनरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार मुस्ताङको लोमन्थाङ गाउँपालिका–४, नेचुङबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोट (भेप)सहित सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

ना६ख ७५९१ नम्बरको कन्टेनरमा केही दिनअघि चीनबाट अवैध रूपले ल्याई कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् ।

नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक हुन् । बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

लामालाई आवश्यक कारबाहीका निम्ति इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ । कन्टेनर बिग्रिएको र त्यसमा रहेको टिस्यु र ट्वाइलेट पेपर सोही ठाउँमा भन्सार कार्यालयले सिल गरेर राखेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित