सीडीओ कार्यालयभित्र जलेको अवस्थामा भेटियो शव

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

जलेको अवस्थामा भेटिएको शव केही दिनअघिको हुन सक्ने प्रहरीको अनुमान छ । हालसम्म शवको पहिचान हुन नसकेको तथा ती व्यक्ति केही दिनदेखि सोही भवनमा बस्दै आएको देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ती व्यक्तिले खाना पकाएर खाने गरेको उनी सडकमा प्लास्टिक बटुलेर हिँड्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित