पोखरा विमानस्थल भ्रष्टाचारका तीन आरोपित सामान्य तारिखमा रिहा

काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार खमुद्दामा मुछिएका तीन उपनिर्देशकहरुलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले भ्रष्टाचारको प्रश्न उठ्ने महत्वपूर्ण निर्णयमा उनीहरुको संलग्नता नदेखिएको भन्दै उनीहरुलाई सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो ।

पोखरा विमानस्थल निर्माण गर्न चिनिया कम्पनीसँग सम्झौता हुँदा उनीहरु उपनिर्देशक थिए । लागत बढाउने कुनै पनि निर्णयमा उनीहरुको भूमिका नदेखिएको भन्दै विशेष अदालतले माइन्यूट पुस्तिकामा हस्ताक्षर गरेकै आधारमा मुद्दा चलेकाले सामान्य तारिखमा रिहा गर्न आदेश दिएको हो ।

पोखरा विमानस्थल मुद्दामा यसअघि नै अदालतमा उपस्थित भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी मागेको थियो । तर, नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचारमुद्दाका कारण अधिकारी अहिले थुनामा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित