प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलगायत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को हिरासतमा रहेका कर्मचारीहरु हाजिर जमानीमा छुटेका छन् ।

तीन साता हिरासतमा राखेपछि उच्च अदालत पाटनका न्यायाधीशहरु चन्द्रबहादुर सारु र गीता तिम्सिनाको गत हप्ताको संयुक्त इजलासले पाँच दिनभित्र बयान सक्न अन्तिम पटक म्याद थपको अधिकार दिएको थियो ।

ब्युरोले पाँच दिनभित्र अदालतको आदेश पालना गरेको अवस्था नदेखिएपछि शेरचनलगायत झण्डै आधा दर्जन कर्मचारी अहिले हाजिर जमानीमा छुट्ने अवस्था बनेको हो । प्रभु म्यानेजमेन्टको लेनदेनको लफडामा मुछिएका देवी भट्टचन र कुसुम लामाको विवादमा अनावश्यक ढंगले सिआईबीले शेरचन र प्रभुका अन्य कर्मचारीलाई नियन्त्रणमा लिएर २७ दिन हिरासतमा राखेको थियो ।

उच्च सरकारी वकिलको कार्यालयले अशोकलाई हाजिर जमानीमा छाडिसकेको छ । रिहाइको कागज गराउन हिरासतमा रहेका मणीराम भुसाल,रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यहरुलाई सिआइबी मुख्यालय,लैनचौर लगिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित