काठमाडौं महानगरपालिकामा आज बिदा

काठमाडौं । आज काठमाडौं महानगरपालिकाले आफ्ना कार्यालयमा सार्वजनिक बिदा दिएको छ।

३१ औँ स्थापना दिवसका अवसरमा महानगरपालिकासहित वडा कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै महानगर अन्तर्गतका सम्पूर्ण विभाग, सचिवालय, आयोजना, इकाइ, वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई औपचारिक पोशाकमा बिहान ८ बजे नै सैनिक मञ्च टुँडिखेलमा अनिवार्य उपस्थित हुन भनेको छ।

साथै कार्यक्रम सकिएपछि पनि आज कार्यालयको नियमित सेवा प्रवाह नहुने भन्दै महानगरले यसबाट सेवाग्राहीमा पर्नेजाने असुविधाप्रति क्षमायाचना गरेको छ।

काठमाडौं महानगरले दिवसका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गर्दैछ।

काठमाडौं महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार सोमबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा स्थापना दिवसका कार्यक्रम गर्न लागिएको हो।

597697537 1183023267338557 7688949576493388197 n gRybAniSVb https://newskhari.com/storage/2023/11/Kathmandu-mahanagar.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित