काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । खेमराज रेग्मी अध्यक्ष हुँदा भण्डारी ट्रान्सपरेन्सी नेपालको कार्यसमिति उपाध्यक्ष समेत थिइन् ।
किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेपछि उनी विवादमा परेकी थिइन् ।
ट्रान्सपरेन्सीले होपको मुद्दामा विवादास्पद निर्णय गरेको र सर्वोच्च अदालतबाट समेत उनी विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी भएको भन्दै उनलाइ निलम्बन गर्ने निर्णय गरेको हो ।
ट्रान्सपरेन्सी नेपालका एक पदाधिकारीले मंसिर १७ को बैठकले भण्डारीलाइ निलम्बनको निर्णय गरेको बताए ।


































