प्रतिनिधिसभा चुनाव नलड्ने कांग्रेस सहमहामन्त्रीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बाजुराबाट २०७९ मा निर्वाचित सांसद पाण्डेले पार्टीमा नयाँ पुस्तालाई अवसर दिने, संगठन सुदृढीकरणमा केन्द्रित हुने र जेनेसी आन्दोलनको समयमा सरकारमा रहँदा युवाका माग सम्बोधन गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिँदै यो निर्णय लिएको बताएका छन्।

उनले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र गृहजिल्ला बाजुराबाट अरुलाई अवसर दिने स्पष्ट पारेका छन्। अबको प्राथमिकता पार्टीको वैचारिक सुदृढीकरण, संगठन विस्तार र नयाँ नेतृत्वलाई मार्गदर्शन दिने रहेको उनको भनाइ छ।

केपी ओली सरकारमा पर्यटनमन्त्री हुँदा नीतिगत स्थिरता र पारदर्शिताका लागि काम गरेको भन्दै ‘पर्यटन मन्त्री वर्ष’ पुरस्कारसमेत प्राप्त गरेका पाण्डेले आगामी कांग्रेस महाधिवेशनमा भने समन्वयकारी भूमिका निर्वाह गर्ने र पदको विषयमा नेतृत्वसँग छलफल गरेर निर्णय लिने बताएका छन्। कांग्रेसभित्रै यो कदमलाई धेरैले “नैतिक र दूरगामी राजनीतिक निर्णय” का रूपमा टिप्पणी गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित