गोवाको नाइटक्लबमा मृत्यु हुने पाँच नेपालीको पहिचान खुल्यो

काठमाडौं । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।

नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले जानकारी दिए ।

चुर्नबहादुर पुन, विवेक कटवाल, सविन बीके, सुदीप गुरुङ र मानबहादुर जोराको मृत्यु भएको पुष्टि भएको छ । उनीहरू सबै त्यही नाइटक्लबमा कार्यरत थिए ।

आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने बाँकी सबै भारतीय नागरिक हुन् । “मृतकको शव स्थानीय अस्पतालमा रहेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि शव सम्बन्धित परिवारलाई बुझाउने काम हुन्छ,” उपनियोग प्रमुख थापाले भने ।

शव परिवारलाई हस्तान्तरण गरेपछि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइने दूतावासले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित