एमाले उपमहासचिवमा शेरबहादुर तामाङले उम्मेदवारी दिने

काठमाडौं । एमालेको ११ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गरेका छन्। उनी हाल अध्यक्ष केपी शर्मा ओलीनिकट छन्। संस्थापनइतर देखिएका उनी दसौं महाधिवेशनपछि ओली समूहमा खुलेका हुन्। तामाङ २०४७ सालदेखि पूर्णकालीन रूपमा एमालेमा सक्रिय भएका हुन्।

२०५४ सालमा एमाले विभाजनमा नेकपा मालेतिर लागेका थिए। उनी २०५६ सालमा सिन्धुपाल्चोक–३ बाट उम्मेदवार बनेका थिए। तर पराजित भए।

२०५८ सालमा एमालेसँग एकता भएपछि तत्कालीन प्ररायुसंघमा लागेका उनी २०६४ सालको निर्वाचनमा सिन्धुपाल्चोक–३ बाट उम्मेदवार बने पनि निर्वाचित हुन सकेनन्। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने उनी निर्वाचित भएका थिए।

२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–२ का निर्वाचित भएका उनी २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेतसँग पराजित भए। २०७४ मा केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्री कालमा उनी कानून मन्त्री बनेका थिए।

तामाङ २०६५ को आठौं राष्ट्रिय महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटीमा आएका हुन्। नवौंमा उनी केन्द्रीय सदस्य नै थिए। बीचका केन्द्रीय कार्यालय सचिव बनेका तामाङ दसौं महाधिवेशनपछि स्थायी कमिटी चुनिएका हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित