काठमाडौं । काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेजनजिकै खोलामा एक व्यक्ति मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनीसँगै साइकल पनि रहेको छ । मृतकको पहिचान खुल्न बाँकी छ । खोलाबाट शव बाहिर निकालेर पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
“खोलामा साइकलसँगै शव फेला परेको छ । शवलाई बाहिर निकालेर पहिचान गर्ने काम भइरहेको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने ।





































