एनपीएल : विराटनगरले दियो लुम्बिनीलाई १४५ रनको लक्ष्य

काठमाडौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ।

टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १४४ रन बनायो। विराटनगरको ओपनिङ खराब रह्यो। ओपनर जर्ज मुन्सेलाई लुम्बिनीका शेर मल्लले दोस्रो बलमै एलबिडब्लू आउट गरे।

ओपनिङमा आएका डेब्यू खेलाडी फाप डु प्लेसिसले १२ रन मात्र बनाउन सके। उनी तेस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका स्पिनर अभिशेष गौतमको बलमा विकेटकिपर निशोसन डक्वेलाबाट स्टमपिन भए।

त्यसपछि साम हिजलेट र लोकेश बमले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे। जेजे स्मिटबाट कट एन्ड बउल्ड भएका बमले ४२ बल खेलेर ३५ रन जोड्न सके। उनले २ चौका र २ छक्का प्रहार गरे।

त्यसपछि नारायण जोशीलाई शेर मल्लले १४औं ओभरमा ५ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारे।

दुई ओभरपछि शेरले अर्को विकेट लिए। उनले हिजलेटलाई दिलिप नाथबाट क्याच गराए। हिजलेटले २० बलमा १ चौका र २ छक्काको मद्दतमा २७ रन बनाए। प्रतिश जिसी ११ रनमा रनआउट भए। अन्तिम ओभरमा बसिर अहमद २८ रन जोडेर आउट भए। उनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। उनलाई ट्रम्पलम्यानले अन्तिम ओभरको दोस्रो बलमा तिलक भण्डारीबाट क्याच गराएका थिए। मर्स्याङ डि लाङले नटआउट १० रन जोड्दा अन्तिम एक बल खेलेका कप्तान सन्दीप लामिछानेले छक्का प्रहार गरे।

बलिङमा शेर मल्लले ३ विकेट लिए। उनले ४ ओभरमा २५ रन दिए। जेजे स्मित, अभिशेष गौतम र ट्रम्पलम्यानले १-१ विकेट लिए।

पाँच खेलमा चार जित निकालेको विराटनगर प्लेअफ नजिक छ। आजको जितले उसको शीर्ष दुई स्थानको समेत सम्भावना छ। यता पाँच खेलमा दुई खेलमा मात्र जित निकालेको लुम्बिनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ। आजको खेलमा जित निकाले उसको प्लेअफ सम्भावना हुनेछ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित