महिला र बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपालीलाई बेलायतमा २५ वर्ष जेल सजाय

काठमाडौं । नेपाली समुदायका सात बालिका र एक महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा बेलायतमा एक नेपालीलाई २५ वर्षको जेल सजाय सुनाइएको छ ।

बेलायतको पिटरबरोका प्रमोद ढकालले नेपाली समुदायमा घनिष्ठ सम्बन्ध र पहुँच बनाई धेरै महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि उनले २५ वर्षको जेल सजाय पाएका हुन् ।

धार्मिक समारोहहरू गर्ने ढकालले आठ वर्षकी बालिकालाई बलात्कार गरेको क्याम्ब्रिज क्राउन कोर्टमा सुनुवाइका क्रममा अदालतलाई जानकारी दिइएको थियो । ढकालले १७ वर्षदेखि धार्मिक कार्यक्रम गर्दै आएको र सोही समयदेखि यौन दुर्व्यवाहारमा संलग्न रहेको समाचारमा उल्लेख छ ।

पिटरबरोको ग्रेन्ज रोड निवासी ४९ वर्षीय ढकाललाई २५ वटा यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको छ ।

यी अपराधहरूमा १३ वर्षभन्दा कम उमेरका पाँच बालिका र १३ वर्षभन्दा माथिका दुई बालिकामाथि बलात्कारका घटनाहरू समावेश छन् ।

अभियोजनकर्ता क्लेयर म्याथ्यूजले बलात्कार पीडितहरूमध्ये एकले ढकाललाई दोस्रो बुबाको संज्ञा दिएको बताइन् । उनले सांस्कृतिक कारणले बाल्यकालमै यो दुर्व्यवहारबारे बोल्न नसकेको बताएकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित