पोखराद्वारा कर्णाली याक्सलाई २०२ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो पटक दुई सयभन्दा बढी रन बनको छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दुई सय दुई रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका आडमले शतक प्रहार गरेपछि पोखराले दुई विकेटको क्षतिमा दुई सय एक रन बनाएको हो। जारी सिजन दुई सय रन पूरा भएको यो दोस्रो खेल हो। यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध दुई सय २० रन बनाएको थियो । रोसिङटन एक सय आठ रनमा अविजित रहे। धनन्जय लक्षण २३ रनमा नटआउट रहे। रोसिङटनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे।

रोसिङटनले ५५ बलमा ११ चौका र ६ छक्काको सहयोगमा शतक पूरा गरे। जारी सिजन बनेको यो दोस्रो शतक हो। यसअघि कर्णालीका मार्क वाटले एनपीएलमा पहिलो शतक हानेका थिए।

दोस्रो विकेटका लागि एडम रोसिङटन र जेसन रोयले ७२ बलमा एक सय २७ रनको साझेदारी गरेका थिए। जारी सिजनमा यो सर्वाधिक रनको साझेदारी भएको दोस्रो हो। यसअघि पोखराविरुद्ध विराटनगर किंग्सका मार्टिन गप्टिल र लोकेश बमले दोस्रो विकेटका लागि एक सय ३२ रनको साझेदारी गरेका थिए।

त्यस्तै, जेसन रोय ४६ रन बनाउँदा क्याच आउट भए। ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाएका जेसन नन्दन यादवको बलमा प्रियांक पञ्चलको हातबाट क्याच आउट नै भए।

ओपनर कुशल भुर्तेल १७ बलमा तीन चौका र एक छक्काको सहयोगमा १८ रन बनाउँदा मार्क वाटको बलमा नन्दन यादवको हातबाट क्याच आउट भए। कर्णालीका लागि नन्दन यादव र मार्क वाटले समान एक विकेट लिए। पोखराविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी निकै महंगा सावित भए। उनले आफ्नो स्पेलमा ५० रन खर्चिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित