काठमाडौं । नेपाली कांग्रेसले लामो खिचातानीपछि पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । कांग्रेसको निर्णय अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम सुरू हुने छ ।
लामो समयदेखि चलिरहेको कांग्रेस केन्द्रीय वैठकमा विशेष महाधिवेशनको माग भएको थियो । तर, पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गर्दै बैठक आज समापन भयो । बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे ।







































